नेपाली समय:

वि.सं २०८२ बैशाख १३   शनिवार

EnglishEN
ताप्लेजुङमा तीर्थयात्री सवार जीपमा आगलागी हुँदा चारजनाको मृत्यु,

ताप्लेजुङमा तीर्थयात्री सवार जीपमा आगलागी हुँदा चारजनाको मृत्यु,

वैशाख- ८

ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको एक जीपमा करेन्ट लागेर आगलागी हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–१०, तेर्सेमा आइतबार बिहान करिब ४ः५० बजेतिर उक्त घटना भएको हो ।

अहिले सम्म प्राप्त जानकारी अनुसार, फुङ्लिङ बजारबाट तीर्थयात्री लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा बिजुलीको पोलबाट लत्रिएको तार छुँदा आगलागी भएको अनुमान गरिएको छ । हालसम्म प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा जीप चालक फुङ्लिङ घर भएका ४५ वर्षीय दुर्गा भट्टराईसहित चारजना रहेका छन् । 

मृत्यु हुनेमा ललितपुर घर भएकी १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल र मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल रहेका छन् । तीर्थयात्रीहरू ललितपुर र झापाबाट पाथीभरा दर्शनका लागि आएको बताइएको छ।

यस दुर्घटनामा ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएकी छन् भने उनका नौ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

२१ Apr २०२५ , २:३९pm
हाम्रो आवाज