
तोकिएको समयमा नै कक्षा १२ को परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डको निर्णय,
वैशाख- ९
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज बिहान बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्ने निर्णय गरेको हो ।
शिक्षक तयार नभए निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी गराएका छन ।