
नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि समझौता,
बैशाख-१०
काठमाडौं - नेपाल र भारतबीच दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आज ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
मंगलबार नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र भारतका विद्युत तथा आवास मन्त्री मनोहरलाल खट्टरको संयुक्त उपस्थितिमा राजधानीमा उक्त सम्झौता सम्पन्न भएको हो।
नेपाल विद्युत प्राधिकरणका निर्देशक कमल आचार्य र भारतका पावर ग्रिड लिमिटेडका निर्देशक डा. यतिन्द्र दुवेदीले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।
नेपालस्थित भारतीय दूतावासले सम्झौताअनुसार प्रसारण कोरिडोर निर्माणबाट दुवै देशबीचको विद्युत प्रवाह अझ सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।