
सर्वसाधारण कुट्ने ट्राफिक प्रहरी कारबाहीमा,
बैशाख- १२
काठमाडौँ -सर्वसाधारणलाई कुटपिट गरेका चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् ।
चार जना ट्राफिक प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी गराएका छन।