
भन्सार शुल्क घटाउन चीन र अमेरिका सहमत,
वैशाख -२९
अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर घटाउने निर्णय गरेका छन् ।
अमेरिका–चीन जेनेभामा भएको व्यापार वार्ताबाट दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत घटाउने सहमति भएको हो ।
वार्तापछि दुबै देशले संयुक्त वक्तव्य जारी गरेका छन् । जसमा हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय भएको उल्लेख छ ।