नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

EnglishEN
हुलाक बचत बैंकको रकम हिनामिना गरेको आरोपमा ६ जना विरुद्ध  भ्रष्टाचार मुद्दा दायर,

हुलाक बचत बैंकको रकम हिनामिना गरेको आरोपमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर,

बैशाख-३०

काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानुसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले २०६० सालदेखि हुलाक बचत बैङ्कको जिम्मा लिँदै आएकाहरुले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुसी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ।

१३ May २०२५ , ३:०५pm
हाम्रो आवाज