
नेपाल चेम्बर अफ कमर्सले बुझायो सरकारलाई १०० बुँदे सुझावपत्र,
वैशाख- ३०
काठमाडौँ -नेपाल चेम्बर अफ कमर्सले सरकारलाई आगामी आर्थिक वर्षको बजेट यथार्थपरक बनाउँदै कर राजस्वको वास्तविक श्रोत परिचालन र प्रतिवद्ध वैदेशिक सहायता आधारमा निर्माण गर्न सुझाव दिएको छ।
सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा चेम्बरले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई १०० बुँदे सुझावपत्र बुझाएको हो ।