नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

EnglishEN
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, भुमि सम्बन्धी विधेयक प्रस्तुत हुने,

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, भुमि सम्बन्धी विधेयक प्रस्तुत हुने,

बैशाख-३१

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बुधबार) पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । यस्तै राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ ।

दुवै सदनका बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।

यसैगरी, ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ ।

१४ May २०२५ , ७:३५am
हाम्रो आवाज