नेपाली समय:

वि.सं २०८२ जेठ ९   बिहीवार

EnglishEN
चितवनमा धारिलो हतियार प्रहार गरी छोरी र भतिजको हत्या,

चितवनमा धारिलो हतियार प्रहार गरी छोरी र भतिजको हत्या,

जेठ- २

चितवन - चितवनमा धारिलो हतियार खुर्पा प्रहार गरी एकजना पूर्वसैनिकले आफ्नो छोरी र भतिजाको विभत्स हत्या गरेका छन्।

भरतपुर महानगरपालिका-२५ का ४२ वर्षीय लीलाराज गिरीले खुर्पाले हानेर उनीहरूको विभत्स हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार आज बिहान ९:५५ बजेको समयमा गिरीले दाइको छोरा ५ वर्षका साजन गिरी र आफ्नै छोरी ७ वर्षीया प्रभा गिरीलाई पनि खुर्पा प्रहार गरेका थिए ।

साजनको घटनास्थलमै मृत्यु भएको थियो । छोरी प्रभाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

मानसिक अवस्था ठिक नभएकोले दुवैजनालाई खुर्पा प्रहार गरी आफूलाई समेत खुर्पा प्रहार गरेको प्रहरीले जनाएको छ।

 

 

१६ May २०२५ , १२:०९pm
हाम्रो आवाज