नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
इजरायलले गाजामा गरेको आक्रमणमा परी २२ जनाको मृत्यु,

इजरायलले गाजामा गरेको आक्रमणमा परी २२ जनाको मृत्यु,

 

जेठ- १२

गाजाको विभिन्न भागमा आइतबार भएको आक्रमणमा २२ जनाको ज्यान गएको र कैयौँ मानिसहरू घाइते भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन् ।

नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालले उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमा भएको आक्रमणमा सात जनाको निधन भएको जानकारी दिए ।

उनले मध्य गाजाको नुसेरात क्षेत्रमा विस्थापित व्यक्तिहरूको टेन्टमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । मृतकमध्ये एकजना सात महिनाकी गर्भवती महिला रहेको थियो ।

उक्त घटनामा नागरिक सुरक्षा विभागका कार्यसञ्चालन निर्देशक अशरफ अबु नर र उहाँकी धर्मपत्नीको समेत घरमै निधन भएको पुष्टि भएको छ ।

२६ May २०२५ , ६:४४am
हाम्रो आवाज