नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
गभर्नर पौडेल विरुद्धको रिटमा आज सुनुवाई हुने,

गभर्नर पौडेल विरुद्धको रिटमा आज सुनुवाई हुने,

जेठ -१४

काठमाडौं । गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज पेसी तोकिएको छ ।
मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको दाबी रिटमा गरिएको छ ।

पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानुनी भएको जिकिर गरिएको छ ।

२८ May २०२५ , ८:५९am
हाम्रो आवाज