
इजराइली सेनाको अन्धाधुन्ध गोली प्रहारबाट २६ जना प्यालेष्टिनीको मृत्यु,
जेठ- १८
काठमाडौँ-राहत सामग्री लिन जम्मा भएका प्यालेष्टिनीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा २६ जनाको मृत्यु भएको छ । घाइतेको संख्या यकिन नभएपछि एक सय पचासभन्दा बढीलाई उपचारका लागि अस्पताल लगिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
गाजाको दक्षिणी सहर रफाहमा रहेको अमेरिकी समर्थन प्राप्त सहायता वितरण केन्द्र नजिक इजरायली ट्याङ्कबाट भिडमा गोली चलेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । सो समय हजारौं प्यालेस्टिनी मानवीय सहायता लिन जम्मा भएका थिए ।