नेपाली समय:

वि.सं २०८२ जेठ ३१   शुक्रवार

EnglishEN
भारतको असमराज्यमा बाढीको प्रकोप-१२ जनाको मृत्यु,

भारतको असमराज्यमा बाढीको प्रकोप-१२ जनाको मृत्यु,

जेठ -२०

 

काठमाडौं – भारतको असम राज्यमा आएको बाढीमा परी २२ जिल्लाका १२५४ गाउँ डुबानमा परेका छन् भने बाढीको प्रकोपमा परि १२ जनाको मृत्यु भएको छ ।

 

बाढीले सबैभन्दा बढी श्रीभूमि, कछार, हैलाकांडी, लमीमपुर र नगाउँ जिल्ला प्रभावित भएका छन् ।

 

असम राज्य आपदा प्रबंधन प्राधिकरणका एक अधिकारीलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाए अनुसार गएको २४ घण्टामा बाढीबाट मृत्यु हुनेको सङ्ख्यामा २ जना थपिएका छन् ।

३ Jun २०२५ , २:४१pm
हाम्रो आवाज