
आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीशबारे छलफलका लागि न्यायपरिषद्को आकस्मिक बैठक सुरु,
जेठ-२१
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीशहरूमाथि छानबिन प्रक्रिया अघि बढाउन न्यायपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
न्यायपरिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बोलाएको बैठक बिहान ९ बजेदेखि सुरु भएको हो । बैठकमा आलमलाई सफाइ दिने फैसलाबारे छलफल भइरहेको छ ।