
१२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध,
जेठ-२२
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सुरक्षा कारणले गर्दा १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।
यो आदेशले १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेश गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। यी देशहरू हुन् अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन हुन् । यसका साथै केही देशका नागरिकलाई अमेरिकामा प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। यी देशहरू बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला हुन्।