
मधेस सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै,
जेठ- २३
जनकपुर । मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेशसभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको बताइएको छ ।