
हर्ष उल्लासका साथ इस्लाम धर्मावलम्बीहरुले आज बकर ईद मनाउँदै,
जेठ-२४,
२४ जेठ, काठमाडौं । इस्लाम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका विभिन्न जिल्लामा हर्ष उल्लास का साथ मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक मान्यता छ ।
इस्लाम धर्मावलम्बीले आज बिहानै स्नान गरी नयाँ कपडा लगाई नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्दै मिठो मिठो परिकार खाएर र कुरबानी कार्यक्रम गरीईदुल अजहा मनाएका छन ।
हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा सन्देशटा इब्राहिम अलेह सलामले आफ्ना छोरा सन्देशटा स्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।