.jpg)
नेपाल टेलिकमको एम.डी सहित १८ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर,
जेठ-२५
काठमाडौं- नेपाल टेलिकमको बिलिङको अनियमिततामा प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको भन्दै ३३ करोड विगो मागसहित मुद्धा दायर गरेको हो ।
अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्कामा भएको घोटालामा विशेष अदालतमा आइतबार दायर गरेको अभियोगपत्रमा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ बिगो दाबी गरेको छ।