
सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीशको सिफारिस,
जेष्ठ- २८,
काठमाडौं- न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
सर्वोच्च अदालतका लागि सिफारिस हुने न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन् ।
न्याय परिषद्को सोमबार बसेको बैठकले सर्वोच्च अदालतका लागि उक्त तीनजना न्यायाधीशको नाम सिफारिस गरेको हो ।