
अनेरास्ववियु को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै,
जेठ- २९
काठमाडौँ -नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वका लागि आज बिहीबार निर्वाचन हुँदैछ ।
बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको छ । संगठनको २४औं राष्ट्रिय सम्मेलनमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया अपनाउन लागिएको हो ।अनेरास्ववियुको अध्यक्ष पदका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलसहित प्रतिस्पर्धामा छन् । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।