नेपाली समय:

वि.सं २०८२ आषाढ १७   मंगलवार

EnglishEN
केदारनाथमा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु

केदारनाथमा हेलिकोप्टर दुर्घटना, सात जनाको मृत्यु

असार -१

 

एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा रहेको प्रशिद्ध तीर्थस्थल केदारनाथमा हेलिकोप्टर दुर्घटनामा परेर सात जना को मृत्यु भएको छ। यात्रु सवार आर्यन एभिएसनको हेलिकोप्टर त्रियुगीनारायण र गौरीकुण्डको बीचमा दुर्घटनामा परेको बताइएको छ ।


 

दुर्घटनाग्रस्त हेलिकोप्टर घाँस काट्दै गरेकी नेपाली मुलकी महिलाले देखेपछि स्थानीय प्रशासनलाई खबर गरेकी थिइन् ।

 

हेलिकोप्टरमा पाइलट सहित ५ वयस्क, १ बच्चा सवार थिए ।

दुर्घटना बिहान साढे ५ बजे खराब मौसम अवस्थाका कारण भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

 

१५ Jun २०२५ , २:४९pm
हाम्रो आवाज