
शिक्षा विधेयकमा बिलम्ब र षड्यन्त्र भए कडा आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी,
असार-१६
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न विलम्ब र षडयन्त्र भएमा कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।
तोकिएको समयमा विधेयक जारी नभएपछि महासंघले आज विज्ञप्ति गर्दै यस्तो चेतावनी दिएको हो । महासंघले छिटो शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गराएर सदनबाट जारी हुनुपर्ने माग राखेको छ ।