नेपाली समय:

वि.सं २०८२ साउन २९   बुधवार

EnglishEN
पदबाट बर्खास्त भएको केही घण्टामै रुसी यातायात मन्त्री मृत फेला-आत्म हत्या हुन सक्ने अनुमान

पदबाट बर्खास्त भएको केही घण्टामै रुसी यातायात मन्त्री मृत फेला-आत्म हत्या हुन सक्ने अनुमान

असार -२४, 

काठमाडौँ : रुसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट बर्खास्त भए सँगै सोमबार मृत अवस्थामा फेला परेका छन्। उनी मस्को नजिकै ओडिन्टसोभो क्षेत्रमा कारभित्र मृत फेला परेका हुन्।

स्टारोभोइटलाई सोमबार राष्ट्रपति व्लादिमीर पुटिनले मन्त्री पदबाट बर्खास्त गरेका थिए। बर्खास्तीको कारण सार्वजनिक गरिएको थिएन। केही घण्टामै उनका सहमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिइएको थियो।

रुसी जाँच समितिका अनुसार प्रारम्भिक चरणको अनुसन्धान अनुसार उनको मृत्युलाई आत्महत्या हुन सक्ने बताइएको छ।

८ Jul २०२५ , २:३५pm
हाम्रो आवाज