
एक वर्षमा देशको अर्थतन्त्र चार खर्ब रुपैयाँले बढ्यो,
असार-२५
काठमाण्डाै – एकै वर्षमा देशको अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ५७ खर्ब रहेको देशको अर्थतन्त्र चालू आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको हो ।
त्यस्तै राजस्व पनि एक वर्षको अवधिमा १ खर्ब ८ अर्ब रुपैयाँले बढेको छ । पूँजीगत खर्चमा समेत गएको वर्षको भन्दा ३६ अर्ब रुपैयाँले वृद्धि भएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ८ दशमलव ७ प्रतिशतले बढेको छ ।
गएको वर्ष यस्तो कर्जा ५ दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो । रेमिट्यान्स १५ दशमलव ५ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।