
राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध निर्वाचन आयोगमा उजुरी,
असार- २९
काठमाडाैं - राप्रपाका वरिष्ठ नेता नवराज सुवेदी राप्रपा अध्यक्ष लिङ्गदेन विरुद्ध उजुरी लिएर निर्वाचन आयोगको कार्यालय पुगेका छन्।
राप्रपाको अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी उजुरी लिएर निर्वाचन आयोग पुगेका छन् । नवराजलाई साथ दिँदै राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालगायतका नेताहरू पनि आयोग पुगेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ ।