नेपाली समय:

वि.सं २०८२ आषाढ ३१   मंगलवार

EnglishEN
माग पूरा नभए पुनःआन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी,

माग पूरा नभए पुनःआन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी,

असार-३०

काठमाडौं- नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए आन्दोलनमा जाने चेतावनी दिएको छ। महासंघले साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ।

महासंघले सरकारले आफूसँग भएका विगतका सहमतिहरूलाई बेवास्ता गरी विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको आरोप लगाउँदै कडा आन्दोलनको चेतावनी दिएको छ।

महासंघले यसअघि भएको ८९ दिने आन्दोलन र त्यसपछिका सहमतिको स्मरण गराउँदै सरकारले आफ्ना प्रतिबद्धता पूरा नगरेकोमा गम्भीर आपत्ति जनाएको हो।

१५ घण्टा पहिले
हाम्रो आवाज