नेपाली समय:

वि.सं २०८२ आषाढ ३१   मंगलवार

EnglishEN
इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते,

इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते,

असार-३०

काठमाडौँ - इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ । 

आक्रमणका क्रममा पेजेस्कियानको खुट्टामा सामान्य चोट लागेको थियो र उनलाई आपतकालीन निकासबाट भाग्न बाध्य पारिएको थियो । 

‘इजरायलले यो आक्रमणका  लागि मूल्य चुकाउनुपर्नेछ,’ आक्रमणपछिको पहिलो प्रतिक्रियामा उनले भने । 

आक्रमणमा सरकारका तीन शाखाका प्रमुखहरूलाई लक्षित गरी उनीहरूलाई अपदस्थ गर्ने प्रयास गरिएको थियो । 

१४ घण्टा पहिले
हाम्रो आवाज