नेपाली समय:

वि.सं २०८२ साउन २९   बुधवार

EnglishEN
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै,

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै,

असार-३१

काठमाडौँ- आज संघीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

 

बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

 

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

१५ Jul २०२५ , ६:४२am
हाम्रो आवाज