
युक्रेनलाई अत्याधुनिक हतियार पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा,
असार-३१
एजेन्सी- युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा रुसले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन ।
राष्ट्रपति ट्रम्पले युक्रेनलाई (पैट्रियट एअर डिफेन्स सिस्टम) हवाई प्रतिरक्षा प्रणाली पठाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।
ट्रम्पले युक्रेनलाई महँगाे र अत्याधुनिक हतियारहरू पठाउने घोषणा यसअघि नै गरिसक्नु भएको थियो ।
नाटोमार्फत युक्रेनलाई मिसाइल र गोलाबारुद आपूर्ति गरिने बताउँदै उहाँले ५० दिनभित्र शान्ति सम्झौता नभए रुससँग व्यापार गर्ने देशहरूलाई शतप्रतिशत भन्सार कर लगाउने चेतावनी दिनुभएको छ ।