भारतको बिहारमा चट्याङ लागेर ३३ जनाको मृत्यु,
साउन -३ (एजेन्सी)
भारतको बिहारमा बुधवार र बिहीवारको भीषण आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको ज्यान गएको छ ।
चट्याङले लागेर केही घाइते भएका भारतको विपद् व्यवस्थापन विभागले हिजो विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विभागका अनुसार खुला ठाउँमा काम गरिरहेका प्रायः किसान र मजदुरहरू चट्याङका कारण प्रभावित भएका एएफपीले जनाएको छ ।