नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
तीन युरोपेली देश र ईरान बीच पुनः परमाणु वार्ता सुरू हुने,

तीन युरोपेली देश र ईरान बीच पुनः परमाणु वार्ता सुरू हुने,

साउन-५

 

एजेन्सी ।  बेलायत, फ्रान्स र जर्मनी (ई–३ समूह) का प्रतिनिधिहरूले इरानसँग पुनः आणविक कार्यक्रमसम्बन्धी वार्ता गर्ने तयारी गरिरहेको जर्मन कूटनीतिक स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार, “युरोपेली पक्ष इरानसँग समन्वयमा छ, र आगामी साताभित्र वार्ता आयोजना गर्ने प्रयास भइरहेको छ ।”

 

इरान वार्तामा सहभागी नभए अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनः लाग्ने सम्भावनाबारे युरोपेली देशहरूले यसअघि नै औपचारिक रूपमा संकेत गरिसकेका छन् ।

इरानी समाचार संस्था (इसीबी) तासनीमले पनि एक अज्ञात स्रोतको हवाला दिँदै इरानले युरोपेली मुलुकहरूसँग वार्ता गर्न सकारात्मक संकेत दिएको उल्लेख गरेको छ । 

२१ Jul २०२५ , ७:१३am
हाम्रो आवाज