नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा बलात्कार अभियोगमा पक्राउ,

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा बलात्कार अभियोगमा पक्राउ,

साउन-४

काठमाडौँ । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ ।

मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो, हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।”

२१ Jul २०२५ , ७:४५am
हाम्रो आवाज