नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
नेपालको वैदेशिक व्यापारमा निर्यात ८१ प्रतिशतले बढ्यो,आयात १८ खर्ब नाघ्यो,

नेपालको वैदेशिक व्यापारमा निर्यात ८१ प्रतिशतले बढ्यो,आयात १८ खर्ब नाघ्यो,

साउन -६

 

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ । भन्सार विभागको तथ्यांक अनुसार वैदेशिक व्यापार १९.२४ प्रतिशतले बढेको छ । यस्तै आयात १३.२५ प्रतिशत तथा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ ।

 

गएको एक वर्षको अवधिमा वैदेशीक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ३३ हजार रुपैयाँको पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको १९.२४ प्रतिशतले धेरै हो । अघिल्लो अािर्थक वर्षमा वैदेशीक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदशिक व्यापार भएको थियो । 

२२ Jul २०२५ , २:५२pm
हाम्रो आवाज