नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
आज प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठक बस्दै,

आज प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठक बस्दै,

साउन -८

 

काठमाडौँ।  आज सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभा र तीन वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। प्रतिनिधिसभाको बैठक आज बिहीबार अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा दुई महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ ।

 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्ने कार्यसूचीमा रहेको छ।

 

२४ Jul २०२५ , ५:४३am
हाम्रो आवाज