
बेपत्ता भइरहेको रूसी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला,
साउन-८(एजेन्सी)
रुसी उद्धारकर्मीहरूले बेपत्ता भइरहेको विमान फेला पारेका छन्।
आफ्नो गन्तव्यभन्दा १६ किमी पर रहँदा विमान बेपत्ता भएको थियो। उद्धारकर्मीहरूले दुर्घटनाग्रस्त अवस्थामा विमान भेट्टाएका हुन्।
आपत्कालीन अधिकारीहरूका अनुसार अंगारा एयरलाइन्सको एएन–२४ विमानमा ४३ यात्री र चालक दलका ६ जना सदस्य सवार थिए। विमान चीनको सीमा नजिक ब्लागोवेशचेङ्कबाट उडेको थियो। यो टिंडा विमानस्थल नजिक पुग्नै लाग्दा रडारबाट गायब भयो।
सबै आवश्यक संसाधनहरूलाई विमान खोज्न परिचालन गरिएको अमुरका क्षेत्रीय गभर्नरले भनेका छन्। विमानमा पाँच बालबालिकासहित ४३ जना यात्री र चालक दलका ६ जना सदस्यहरू सवार रहेको उनले बताए।