नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलालाई नेपाल फर्काइयो,

भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलालाई नेपाल फर्काइयो,

साउन-९

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।

 

दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

२५ Jul २०२५ , ८:१४am
हाम्रो आवाज