नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
अख्तियार प्रमुख राई बिरूद्ध अख्तियारमै उजुरी दर्ता,

अख्तियार प्रमुख राई बिरूद्ध अख्तियारमै उजुरी दर्ता,

साउन-११

काठमाडौँ -सर्वोच्च अदालतमा रिट हालेर रवि लामिछानेको तत्कालीन सांसद र मन्त्री पद खुस्काइदिएपछि एकाएक चर्चामा आएका र आफूलाई चित्त नबुझेका विषयमा उजुरी हाल्दै हिँड्ने सिन्धुलीका युवराज सफल अख्तियार प्रमुख प्रेमकुमार राईलाई कारवाही गराउन अख्तियार मै उजुरी दिएका छन ।

नेपाल सरकारको सचिव पदमा कार्यरत रहँदा राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको जिकिर गर्दै अख्तियार म उजुरी दर्ता गराएका छन् । उनले आज राईमाथि अनुसन्धान गर्न माग गर्दै उजुरी दर्ता गराएका हुन । 

२७ Jul २०२५ , ३:२०pm
हाम्रो आवाज