नेपाली समय:

वि.सं २०८२ साउन १५   बुधवार

EnglishEN
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा रोक लगाउने इजरायलको घोषणा,

गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा रोक लगाउने इजरायलको घोषणा,

साउन -११, 

एजेन्सी - इजरायलले गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने घोषणा गरेको छ । इजरायली रक्षा बल (आईडीएफ) ले स्थानीय समय अनुसार आइतवार बिहान १० बजेदेखि राति ८ बजेसम्म मानवीय सहायताको उद्देश्यका निम्ति सैन्य गतिविधिमा अस्थायी र सीमित विराम रहने बताएको बीबीसीले जनाएको छ ।

 

आईडीएफले काम नगर्ने क्षेत्रहरू अल–मावासी, देइर अल–बलाह र गाजा शहरमा विराम शुरू हुने छ । अर्को आदेश नभएसम्म यी क्षेत्रहरूमा दैनिक सैन्य गतिविधिहरूमा रणनीतिक रोक रहने खबरमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको परामर्शपछि यो निर्णय लिएको आईडीएफले बताएको छ ।

२७ Jul २०२५ , ३:५०pm
हाम्रो आवाज