
आज पनि देशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना - मौसम पूर्वानुमान महाशाखा,
साउन-१९
काठमाडौँ -हाल कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।