
सिद्धार्थ राजमार्ग २० घण्टादेखि अवरुद्ध,
साउन-२०
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा ठुलो पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको जानकारी गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उहाँले सडक अवरुद्ध हुँदा यात्रुहरूको आवागमन प्रभावित हुनुका साथै मालवाहक गाडीहरू समेत चल्न नसकेको बताएका हुन् ।
सांसद गैरेले भने,‘पश्चिम पाल्पाको जुठापैवामा पनि बाटो भासिएर स्थानीय जनजीवन प्रभावित बनेको छ ।