
इन्टरनेट प्राप्त गर्नु मानव अधिकारको विषय हो-सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ,
साउन -२४
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताएका छन् । विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताए । इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रुपमा संयुक्त राष्ट्रसङ्घले सन् २०१६ मा पास गरिसकेको उनले बताएका छन । उनले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताएका छन।