
जापानमा भारी वर्षासँगै बाढी,
साउन -२६
एजेन्सी - जापानमा भारी वर्षासँगै आएको बाढीले जापानको दक्षिणी मुख्य टापु क्युशुममा धेरै व्यक्तिलाई घाइते बनाएको छ भने, धेरै जना बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन्।
गत हप्ताको अन्त्यतिर शुरू भएको भारी वर्षाले कागोसिमाको दक्षिणी प्रान्तमा एक जना बेपत्ता र अन्य चार जना घाइते भएका छन् । यस क्षेत्रमा अड्किएको न्यून चापीय प्रणालीले क्युशुको उत्तरी भागहरूमा थप वर्षा ल्याएको छ ।
जापान मौसम विज्ञान एजेन्सीले सोमबार बिहान कुमामोटोमा उच्च–स्तरको चेतावनी जारी गरेको छ र विपद् व्यवस्थापन एजेन्सीले कुमामोटो क्षेत्र र अन्य छ प्रान्तमा दशौँ हजार मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।