नेपाली समय:

वि.सं २०८२ साउन २९   बुधवार

EnglishEN
भारतीय कांग्रेसका नेता राहुल गान्धी प्रहरी हिरासतमा,

भारतीय कांग्रेसका नेता राहुल गान्धी प्रहरी हिरासतमा,

 

 

साउन -२७

 

एजेन्सी । भारतका विपक्षी दलका नेता तथा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार गान्धीसहित अन्य सांसदहरूलाई पनि दिल्ली प्रहरीले हिरासतमा लिएको छ ।

 

नयाँ दिल्लीका डीसीपी देवेश कुमारले भनेका छन्, ‘चुनाव आयोगले करिब ३० जना सांसदहरूलाई भेटका लागि अनुमति दिएको थियो । तर, धेरै सांसद भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

 

बीबीसी हिन्दीका अनुसार प्रदर्शनकारीलाई हिरासतमा लिने र त्यहाँ पत्रकारहरूलाई निषेध गर्ने आदेश दिइएको छ । बीबीसी हिन्दीका अनुसार चुनाव आयोगको गेटबाट पत्रकारलाई टाढा राख्ने आदेश पाएको अधिकारीहरूले बताएको जनाएका छन् ।

 

राहुल गान्धीको नेतृत्वमा विपक्षी सांसदहरूले मतदाता सूचीको विषयलाई लिएर संसद् भवनदेखि चुनाव आयोगसम्म र्‍याली निकालेका थिए । त्यस क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हालै गान्धीले मतदाता सूचीमा भएको गडबडी उजागार गरेका थिए । यद्यपि त्यसलाई चुनाव आयोगले भने खारेज गरेको थियो ।

 

१ दिन पहिले
हाम्रो आवाज