नेपाली समय:

वि.सं २०८२ भाद्र ६   शुक्रवार

EnglishEN
महाकाली नदीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक,

महाकाली नदीमा पानीको प्रवाह बढेपछि सवारी सञ्चालनमा रोक,

साउन-२९ 

 

कञ्चनपुर- सुदूरपश्चिममा गए रातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको प्रवाह बढेको छ। पानीको प्रवाह बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

आज बिहान ११ बजेसम्म्ममा पानीको प्रवाह एक लाख २६ हजार ७१२ क्यूसेक मापन भएको छ। जिल्ला प्रहरीका प्रवक्ता सागर बोहराले वर्षा भइरहेकाले पानीको प्रवाह अझै बढ्न सक्ने बताए। उनका अनुसार नेपाल भारत सीमामा रहेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन आवतजावतमा रोक लगाइएको हो।

१४ Aug २०२५ , १२:४२pm
हाम्रो आवाज