
एससीओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन जाँदै,
साउन -२९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने भएका छन् । सघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन उनी चीन जान लागेका हुन् ।
“प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी भइरहेको छ । हामी उपयुक्त समयमा जानकारी गराउँछौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बाह्रखरीसित भने ।
सांघाई सहयोग संगठनको शिखर सम्मेलन आउँदो भदौ १५ र १६ गते चीनको तियानजिमा आयोजना गरिँदै छ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुनेछन् ।