
विपिन जोशीको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्री ओलिको भनाइ,
साउन-२
काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको सुरक्षालाई सरकारले प्राथमिकताका साथ लिएको बताएका छन् । उनले विपिनको शीघ्र रिहाइका लागि सरकार हरसम्भव पहलमा जुटिरहेको समेत जनाएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत् एक जानकारी सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले विपिनको रिहाइका लागि सरकारले हालसम्म गरिरहेका पहलबारे बताएका छन् ।
उनका अनुसार विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ ।