नेपाली समय:

वि.सं २०८२ भाद्र ५   बिहीवार

EnglishEN
कुलिङ अफ पिरियडको बिरोध होइन व्यस्थापन गरौ-सांसद डा.अन्जान शाक्य

कुलिङ अफ पिरियडको बिरोध होइन व्यस्थापन गरौ-सांसद डा.अन्जान शाक्य

भदौ-४

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अन्जान शाक्यले ‘कुलिङ अफ पिरियड’ लाई अल्झाउने नभई समाधान गर्ने गरी व्यवस्थापनको बाटो खोज्नुपर्ने बताएकी छन् । 

 

‘कुलिङ पिरियड भनेको सार्वजनिक सेवा र निजी स्वार्थ सेवाबीचमा नैतिक विभाजन र संस्थागत पर्खाल ‘फायरवाल’ राख्ने हो,’ उनले भनिन्, ‘कुलिङ अफ पिरियड भित्र राज्यका सबै अङ्गहरु (जस्तै राजनीतिज्ञ, सबै तहका कर्मचारी, पुलिस प्रशासन, आर्मी, निजी तथा गैरसरकारी संस्था) लगायत पर्दछ ।’ 

 

उनले मुख्यतः सरकारी नियामक र निजी कम्पनीबीच अलग हुनुपर्छ भन्ने पनि मान्यता रहने उल्लेख गरिन् । ‘तर, अहिले हामीले चर्चा गरिरहेको कुलिङ पिरियडले निजामती सेवा र अझ त्यसमा पनि एउटा समूहलाई मात्रै लक्षित गरेको छ,’ उनले भनिन्, ‘त्यसैले यो विधेयक विभेदकारी हुन्छ कि भन्ने हो । विधेयक विभेदकारी हुनुहुँदैन । सबैको हितमा हुने गरी ल्याउनुपर्छ ।’   

बृहत् क्षेत्र ओगटेको कुलिङ पिरियडलाई दीर्घकालीन समाधानका अहिलेको समय पर्याप्त नभएकाले उक्त दफालाई न्याय दिने गरी टुंगोमा पुग्न नसकिने बताइन् । 

१९ Aug २०२५ , ४:१०pm
हाम्रो आवाज