
सिन्धुली जिल्लामा बर्खा सँगै सिजनल फ्लूका बिरामीको सङ्ख्या बढ्दै,
भदौ -८
सिन्धुली जिल्लामा बर्खाका लागेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ । दूषित पानी र खानपानका कारण ज्वरो, टाइफाइड, झाडापखाला, दम लगायतका रोगका बिरामी बढेका हुन् ।
बर्खाको मौसम सुरु हुनु अघि उपचारका लागि दैनिक तीन सयको हाराहारामीमा अस्पताल आउने गरेकोमा पाँच सयसम्म पुग्ने गरेको सिन्धुली अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डा. अभिषेक थपलियाले बिरामी बढ्नुको कारण ‘सिज्नल फ्लु’ भएको जानकारी दिनुभयो ।