नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

EnglishEN
अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४०० पुग्यो,

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४०० पुग्यो,

भदौ -१८

एजेन्सी -अफगानिस्तानमा गत आइतबार राति गएको ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४ सय नाघेको छ । तालिबानी सरकारका प्रवक्ता जबी उल्लाका अनुसार भूकम्पमा ३ हजार १२४ जना घाइते भएका छन् । 

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)काअनुसार मंगलबार गएको ५.२ म्याग्निच्युडको दोस्रो भूकम्पले पनि दक्षिण–पूर्वी अफगानिस्तानमा थप क्षति पुर्‍याएको छ । जलालाबाद शहरबाट ३४ किलोमिटर (२१ माइल) उत्तरपूर्व केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

३ Sep २०२५ , २:५०pm
हाम्रो आवाज