नेपाली समय:

वि.सं २०८२ भाद्र २७   शुक्रवार

EnglishEN
दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी,

दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी,

भदौ- १९

काठमाडौँ-सरकारले दर्ता हुन नआएका फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको छ।

यसैक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म असल परम्पराहरू पुनर्स्थापित गर्नुपर्ने बताएका छन् ।

महासचिव पोखरेलले बिहीबार बिहान फेसबुक स्टाटस लेख्दै  'सामाजिक सञ्जाल बन्दभई नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद् अनुभूति हुनेछ ।' सत्तासिन एमाले महासचिवको पोस्टले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न लागेको संकेत गरेको छ्। 

सरकारले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल कम्पनीलाई दर्ता अनिवार्य गर्ने तयारी गरेको र दर्ता नभएकालाई बन्द गर्ने चेतावनी यसअघि नै दिइसकेको थियो । 

४ Sep २०२५ , १२:२५pm
हाम्रो आवाज